९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानेडियन नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन्।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएई)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो।

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार फ्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौं आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो। उक्त घटनाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर