नेपाल टेलिकमको वार्षिकोत्सवमा रक्तदान

नेपाल टेलिकमद्वारा आज आयोजित कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन्।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १९औँ वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा उनीहरुले रक्तदान गरेको कार्यक्रम संयोजक समिता कोइराला जानकारी दिए।

विगतमा एक सय ५० भन्दाबढी कर्मचारी रक्तदानमा भाग लिने गरेकामा पछिल्ला वर्षमा कोरोना, डेङ्गीलगायतका कारण रक्तदान गर्नेको संख्यामा निकै न्यून रहेको बताइएको छ।

नेपाल समय
नेपाल टेलिकम सरकारीस्तरमा सबैचभन्दा धेरै राजस्व बुझाउने सेवा प्रदायक कम्पनी हो। टेलिकमका मुलुकभर डेढ करोडभन्दा बढी ग्राहक छन्। यही माघ २२ गते टेलिकमले आफनो २२औँ स्थापना दिवस मनाउँदैछ।

वार्षिकोत्सवका अवसरमा उक्त लिमिटेडले अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न खेलकुद प्रतियोगितासमेत सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *