सत्ता गठबन्धन ढलमल भएपछि संसदमा कांग्रेस लक्षित ओलीको बोली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्नु नै गलत भएको बताएका छन् । यस्तै उनले नेपाली काँग्रेसका नेताहरु प्रतिपक्षको भुमिकालाई स्वीकार्नै नसक्ने स्थितिमा पुगेको समेत बताए ।

आईतवार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले संसदजस्तो सार्वजनिक पदमा भने राष्ट्रिय सहमति नगर्नुले काँग्रेसले ढोक्सा थापेर अहिलेको गठबन्धनलाई तोड्ने काममा लागिपरेको बताए । उनले काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीमा आफू बाहेक अरुलाई स्वीकार्न नसकेर हठातमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दाबी समेत गरे । उनले काँग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत राष्ट्रपतिको निर्वाचनमा समस्या खडा गर्नु रहेको भन्दै आक्रोस पोखे ।

उनले संसदमा नेपाली काँग्रेसका व्यवहारहरु बुझिनसक्नुको रहेको बताउँदै काँग्रेस यतिबेला पानी बिनाको माछो झैँ छट्पटाइरहेको भने । उनले सत्ता बाहिर काँग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्कने स्थितिमा रहेको दाबी गरे । उनले जनताका प्रतिनिधि र राजनीतिक दलका नेताहरु मिलेर दृढ निश्चय र इमान्दारिताका साथ नेपाल र नेपालीको भविष्यका लागि संकल्प गर्न आग्रह समेत गरे ।

अध्यक्ष ओलीले नेपाली काँग्रेस पुनः सरकारमा आउनका लागि बल गरिरहेको समेत दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर