सत्ता सहयात्री दलको एकतालाई जसरी पनि बचाउँछु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सत्ता सहयात्री दललाई एकताबद्ध बनाएर लैजाने बताए।

‘मेरो कोसिस त थियो, राष्ट्रिय सहमति गरौं भनिराखेको छु, सत्ता साझेदारबीचको एकतालाई जसरी भए पनि बचाउनुपर्छ भन्ने नै हो,’ उनले भने, ‘अदालतको निर्णयपछि उहाँहरू (रास्वपा)लाई अलि असहज त भएको थियो। उहाँसँग फेरि भेटेर कुरा गर्छु।’

सरकारमा सहभागी भएको रास्वपाले आजै मात्र सरकारबाट बाहिरिने निर्णय गरेको छ। यद्यपि उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर