नेपाल टेलिकमद्वारा नेपाल प्रहरीलाई प्रशंसापत्र प्रदान

नेपाल टेलिकमले आफ्नो १९औं बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरीलाई प्रशंसापत्रद्वारा सम्मान गरेको छ ।

२०७८ माघ १ गतेदेखि २०७९ पुस ३० गते सम्मको अवधिमा नेपाल टेलिकमको सबैभन्दा बढी सियूजी सेवा प्रयोग गरेकोले नेपाल प्रहरीलाई प्रशंसापत्रद्वारा सम्मान गरेको हो ।

नेपाल टेलिकमको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमबीच सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले प्रदान उक्त प्रशंसापत्र नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्रहरी बरिष्ठ उपरीक्षक ई.गोपाल बहादुर रेग्मीलाई प्रदान गरेकी हुन् ।

प्रहरीले टेलिकमसँगको सहकार्यमा अन्तरसंवाद सञ्जालका रुपमा उसको सीम प्रयोगगर्दै आएको छ । यसले प्रहरीमा एकरुपता र सबै कार्यालय प्रमुखका हकमा सरुवापछि पनि एउटै नम्बर प्रयोगमा आइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर