मैतीदेवी प्रहरी बिटमा काठमाडौं महानगरको डोजर

काठमाडौं महानगरपालिकाले मैतीदेविको प्रहरी बिट भत्काएको छ। सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियानअन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगर प्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो।

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको बिट निर्माण भएको थियो। महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी बिट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी बिट हटाउन लागिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर