प्रचण्ड-ओली भेट : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ। बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्तामा उनीहरूबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको जनाइएको छ।

भेटवार्तापछि प्रधानमन्त्री दाहालले भने, ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्छौं र राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा भोलि छलफल गर्छौं। सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ। सहज रूपमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्छौं।’

भेटवार्तामा अध्यक्ष ओलीले पूर्वसहमतिअनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताएको ओलीको सचिवालयले जनाएको छ। सो अवसरमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताएको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर