राप्रपाले संसद्भित्रै संविधानविरुद्ध विष वमन गरेर जात्रा देखायो : रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजवादी)की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गरेकी छन्। संसद्भित्रै संविधानविरुद्ध विष वमन गरेर सो पार्टीले ‘जात्रा’ देखाएको भन्दै उनले आपत्ति जनाइन्।

बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाँक्रीले जनतालाई फेरि पनि निराश बनाउने गरी संविधान र व्यवस्थाका विरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिइन्।

सचिव झाँक्रीले ठूला दलहरूले जनताको अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने बेला आएको बताइन्। उनले सरकारमा गएकाहरूले पनि जिम्मेवारीपूर्ण ढंगले जनताको पक्षमा काम गर्नुपर्ने बताइन्।

सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अब जनताको अवस्था परिवर्तन हुने गरी काम गर्ने गरी सबै राजनीतिक दलहरूले योजना बनाउनुपर्ने बताइन्। उनले बदलाको भाव राखेर मुलुकलाई समृद्ध बनाउन नसकिने पनि बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर