नेपाली सेनाको ‘सफा हिमाल अभियान’मा सूर्य नेपाल प्रालिको १ करोड १० लाख सहयोग

जैविक विविधता, प्रकृति तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरूप नेपाली सेनाले ‘सफा हिमाल अभियान, २०२३’ सञ्चालन गर्न गइरहेको छ । सो अभियान अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमालहरू (अन्न्पूर्ण र ल्होत्से)को सफाइ गर्ने उद्देश्य रहेको छ।

सूर्य नेपाल प्रालिले सो अभियानमा नेपाली सेना र गैरसरकारी संस्था ‘सेन्टर फर रिसर्च एण्ड सस्टेनेबल डेभलपमेण्ट, नेपाल’ सँग साझेदारी गरी आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड १० लाख रुपैयाँ उक्त अभियान सम्पन्न गर्न सहयोग गर्ने भएको छ।

मंगलबार एक कार्यक्रमका बीच नेपाली सेना, सूर्य नेपाल प्रालि र सेन्टर फर रिसर्च एण्ड सस्टेनेबल डेभलपमेण्ट, नेपालबीच ‘सफा हिमाल अभियान, २०२३’ लाई सहयोग गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

कार्यक्रममा नेपाली सेनाका सहायकरथी सुन्दरकुमार पाण्डे, प्रमुख सेनानी किशोर अधिकारी, सेन्टर फर रिसर्च एण्ड सस्टेनेबल डेभलपमेण्ट, नेपालका आनन्द मिश्रा, सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि के रायवरम र प्रबन्धक प्रेमनारायण अर्यालको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर