उच्चस्तरीय संयन्त्रको बैठक स्थगित गरेर प्रचण्ड र ओलीबीच सिंहदरबारमा छलफल

सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक स्थगित भएको छ। बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भइरहेको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत नदिए सरकार ढल्ने खतरा छ।

सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अडान लिएपछि ओली र प्रचण्ड छलफलमा जुटेका हुन्।

नाउपाले पार्टी संरक्षक रेशम चौधरीसहितको मुद्दा फिर्ता लिनुपर्ने माग राखेको छ। नाउपाका प्रदेशसांसद यतिबेला काठमाडौंमा छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर