सामाजिक सञ्जाल ह्‍याक गरी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्‍यूरोले अमेरिका बस्‍ने नेपालीको सामाजिक सञ्जाल ह्‍याक गरी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१९ लामाचौर स्थायी घर भएका २३ वर्षीय आशिष परियार रहेका छन् । उनलाई साइबर ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

साइबर ब्यूरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार उनले अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल ह्याक गरी सोही सञ्जालबाट आफूलाई तत्काल केही रकम आवश्यक परेको भन्दै अमेरिका बस्ने नेपालीका एक साथीलाई बैंक खाता नम्बरसहित उल्लेख गरेर म्यासेज गरेका थिए। म्यासेज आएलगत्तै आफूले ५० हजार रुपैयाँ मोबाइल बैंकिङ सेवामार्फत खातामा ट्रान्सफर गरिदिएको जाहेरवालले बताएका छन्।

त्यसको २ दिनसम्म साथीसँग कुनै सम्पर्क नभएपछि उनलाई के भएछ भनेर साथीको नजिकका अर्का साथीसँग सम्पर्क गरी बुझ्दा ती साथीको सामाजिक सञ्जाल ४/५ दिनदेखि ह्याक भएको जवाफ आएपछि मात्र आफू ठगीमा परेको थाहा पाएको भन्दै उनले दिएको उजुरीका अधारमा अनुसन्धान अघि बढाएको प्रहरीले परियारलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि साइबर अपराध सम्बद्ध ठगी अपराधअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट २ दिनको म्याद थप भई आवश्‍यक अनुसन्धान भइरहेको ले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *