राष्ट्रपतिको सम्बोधन सरकारको नीति तथा कार्यक्रमजस्तो : प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जसरी आएको बताएका छन्। शुक्रबार संसद्को दुवै सदनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सम्बोधनमा सबैको इच्छापत्रजस्तो कुरा आएको टिप्पणी गरे। सरकारको नीति कार्यक्रममा आउने विषय अहिले नै आएको उनको भनाइ छ।

त्यस्तै नेकपा (एमाले) का सचिव तथा सांसद योगेशकुमार भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा गरेको सम्बोधनमार्फत अर्थतन्त्रलाई माथि उकास्नुपर्ने कुरामा जोड दिएको बताएका छन्। सचिव भट्टराईले राष्ट्रपतिले प्रतिकूलतामा रहेको अर्थतन्त्रलाई अनुकूलतामा बदल्ने उपाय अवलम्बन गर्नुपर्नेमा जोड राष्ट्रपतिले जोड दिएको बताएका हुन्।

सम्बोधनको क्रममा राष्ट्रपतिले राष्ट्रिय उत्पादन, आयात प्रतिस्थापन र वैदेशिक व्यापार घाटा सन्तुलनलगायतका विषयमा जोड दिएको उनले बताए। राष्ट्रपतिले सम्बोधन गरेका विषयवस्तुलाई सरकारले आगामी नीति तथा कार्यक्रम बनाउँदा मार्गदर्शनको रूपमा लिनुपर्ने बताए।

उनले जतिसुकै विषय उठाए पनि सरकारले कतिको कार्यान्वयन गर्छ भन्ने कुरामा निर्भर रहने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर