ट्रमा सेन्टरका डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी हवल्दार निलम्बनमा परेका छन् । नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले कारबाहीस्वरूप प्रहरी हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरिएको जानकारी दिए । उनले घटनाको अनुसन्धान भइरहेको पनि बताए ।

शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका डा. जनिथलाल सिंहमाथि लाठी चार्ज भएको थियो ।  सिंहले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा परिचयपत्र देखाउँदा पनि लाठी चार्ज भएको बताएका छन् ।

अहिले घटनाको विरोधमा माइतीघरमा प्रदर्शन समेत भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर