देशमा शोषक वर्ग र भ्रष्टाचारीहरूको कमी छैन : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरूको कमी नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्री खनालले नेपालमा दलाल पुँजीपति, शोषकहरू, कमिसनखोरहरू, भ्रष्टाचारी, मुनाफाखोरी र विदेशीहरूका दलालहरू रहेको बताए। उनले यस्ता व्यक्ति नेपालीहरूका शत्रु रहेको उल्लेख गर्दै यिनीहरूले गरेको क्रियाकलापले राष्ट्रलाई विनाश गर्ने बताए।

उनले जनतालाई भुलाउन र राष्ट्रलाई लुट्ने काम भइरहेको भन्दै उनीहरूको लुटपाटको विरोध र भण्डाफोर गर्ने काममा लाग्नुपर्ने बताए। पूर्वप्रधानमन्त्री खनालले समाजवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाएर मात्रै समाजमा भएका विकृति र विसंगतिलाई हटाउन सकिने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर