उच्चस्तरीय संयन्त्रको बैठक : सत्ता सहकार्यलाई थप मजबुत बनाउने सहमति

सत्तारूढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई थप मजबुत बनाएर जाने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चरर्मीहरूसँग कुरा गर्दै उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रपतिको बारेमा सत्तारूढ दलबीच कुनै विमति नरहेको दाबी गरेका छन्।

उनले सरकार निर्माण गर्दा भएको सहमतिलाई नै निरन्तरता दिने कुरा सत्ता गठबन्धनको अडान रहेको बताए। उनले आजको बैठकमा उच्चस्तरीय संयन्त्रको बैठकलाई निरन्तरता दिने र अहिलेसम्म गरेका कामका विषयमा समीक्षा भएको बताए।

मन्त्री लिङ्देनले सत्ता साझेदार दलहरूबीच राष्ट्रपतिको विषयमा विमति भन्ने खबर बाहिर आए पनि त्यसमा सत्यता नभएको जिकिर गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर