सेनानी अरुण थापाको कमाण्डमा २१० जना शान्ति सैनिक लेबनान प्रस्थान

सेनानी अरुण थापाको नेतृत्वमा २१० जना शान्ति सैनिकको टोली लेबनान प्रस्थान गरेको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि खट्टिने क्रममा उक्त टोली आइतबार त्यसतर्फ गएको हो।

लेबनान मा संयुक्त राष्ट्र अन्तरिम बल (युनिफिल)मा तैनाथ गोरखबक्स गण ६३ औं डफ्फालाई बदली गर्न पुरानो गोरख गण ६४ औं डफ्फाको सो टोली लेबनान गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रमुख सेनानी अनिलकुमार बुढाथोकीको कमाण्डमा खटिएको उक्त गणका ६४० जना सकलर्दजाहरू यस अगावै मिसन इलाकामा पुगिसकेका छन्।

उक्त मिसनमा तैनाथ ६३ औं डफ्फाको अन्तिम टोलीका २१६ जना शान्ति सैनिकहरू प्रमुख सेनानी विकास केसीको नेतृत्वमा मंगलबार स्वदेश फर्कनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *