अमेरिकी उपसहायक विदेशमन्त्री अख्तरले भेटिन् प्रधानसेनापति शर्मा

अमेरिकाकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेकी छन्। प्रधानसेनापति शर्मालाई भेट्न अख्तर मंगलबार सैनिक मुख्यालय जंगी अड्डा पुगेकी थिइन्।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

दक्षिण तथा मध्य एशियाली मामिला ब्यूरो हेर्ने उपसहायक विदेशमन्त्री अख्तर सोमबार दिउँसो काठमाडौं आइपुगेकी हुन्। भ्रमणका क्रममा उनले काठमाडौंमा इसिमोड तथा ऊर्जा नेपालका साझेदारहरूसँगै सरकारी अधिकारीहरूसँग पनि भेटघाट गर्नेछिन्।

भेटमा उनले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल गर्ने दूतावासले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *