फेरि सुरु भयो नेपालदेखि थाइल्याण्ड चरेस तस्करी

नेपालदेखि फेरि थाइल्याण्डतर्फ चरेस तस्करी हुन थालेको छ। थाइल्याण्ड लैजान लागेको चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ जना थाई नागरिक पक्राउ परेपछि चरेस तस्करीको नयाँ शृंखला सुरु भएको तथ्य खुलेको हो।

पछिल्लो समय चरेस तस्करीमा थाई नागरिकको संलग्नता कम भएको अवस्थामा पुनः सक्रियता बढेको कुरा यस घटनाले पुष्टि गरेको हो।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले चरेस २३.८ किलोग्रामसहित ४ जना थाई नागरिकलाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले मंगलबार सार्वजनिक गरेकाे छ।

माघ २८ गते कामनपा ९ गौचरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर कक्षमा थाई एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट थाइल्याण्डको बैंकक जान लागेका ५१ वर्षकी थाई नागरिक यवालुक जुएबश्री, ४२ वर्षकी परिचर्त पमप्रुक, २५ वर्षका का नतापोल त्रिचेइया, वर्ष २० की नतनरे त्रिचेइया सो चरेससहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए। विशेष सूचनाका आधारमा निरन्तर निगरानीपश्चात् उनीहरूलाई पक्राउ गर्न सफलता मिलेको पनि एसएसपी खनालले बताए।

प्रहरीका अनुसार बरामद चरेसको अवैध बजार मूल्य प्रतिकिलोग्राम ३५ हजारका दरले २३.८ केजीको मूल्य ८ लाख ३३ हजार हुन्छ।

प्रहरीले ४ थाई नागरिकसँगै लागुऔषध कारोबारको छुट्टै घटनामा २ भारतीय र ७ नेपाली नागरिकलाई पनि पक्राउ गरेको छ।

प्रहरीले माघ २४ गते काठमाडौं महानगरपालिका २८ बाट सोलुखुम्बु जिल्लाका ३५ वर्षीय लाक्पा शेर्पालाई नियन्त्रित लागुऔषध ब्रुपेनोर्फिन, डाइजेपाम र फेनारगन एम्पुल २०,३०० पिस, नाइट्राभेट १२ हजार ९५० ट्याब्लेट र नगर ४ लाख ५ हजारसहित पक्राउ गरेको थियो। थप अनुसन्धानका क्रममा माघ २५ गते कामनपा वडा नम्बर २२ सुन्धाराबाट लाक्पा शेर्पालाई बिक्री गरेको लागुऔषधबापतको रकम लिन भारत मधुवनीबाट काठमाडौं आएका भारत बिहार राज्य मधुवनी जिल्लाका नागरिक फैज अहमद (वर्ष ३८) लाई पक्राउ गरेको थियो। त्यस्तै प्रहरीले माघ २६ गते धनुषाको औराही गाउँपालिका ३ बाट जनकपुरबाट काठमाडौंसम्म सवारी साधन व्यवस्थापन गरी लागुऔषध एम्पुल लुकाएर पठाउने धनुषाका २९ वर्षीय रिहासद भन्ने अयान रेजालाई पक्राउ गरेको थियो।

प्रहरीले माघ २६ गते नै धनुषाको औराही गाउँपालिका ३ स्थित कपटोलस्थित सडक किनाराबाट जनकपुरदेखि काठमाडौंसम्म लागुऔषध लुकाइएको गाडीमा सँगै आई लागुऔषध एम्पुल लाक्पा शेर्पालाई दिने धनुषा औरही गाउँपालिकाका ४५ वर्षका जाकिर नदाफलाई धनुषाबाट पक्राउ गरेको थियो। नेपाल प्रहरीले माघ २७ गते काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुबाट लाक्पा शेर्पासँग लागुऔषध एम्पुल खरिद गर्दै आएका जिल्ला काभ्रेपलाञ्चोक भुम्लु ४ का २४ वर्षका दीपक तामाङलाई ६ हजार रुपैयाँसहित पक्राउ गरेको र माघ २७ गते नै काठमाडौं महानगरपालिका वडा नम्बर २२ काठमाडौं मलबाट लाक्पा शेर्पासँग लागुऔषध एम्पुल खरिद गर्दै आएका नुवाकोट शिवपुरी ८ का २९ वर्षका लक्ष्मण बखतीलाई ६ हजार नगदसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक खनालले बताए।

त्यस्तै लागुऔषध खैरो हेरोइन ३९ ग्राम र डिजिटल तराजु थान १ सहित २ जना भारतीय व्यक्ति पक्राउ परेका हुन्। उनका अनुसार काघ २७ गते कामनपा ९ सिनामंगलस्थित एक होटलबाट मोरङ लेटाङ नगरपालिका २ का ३४ वर्षका रोशन रिसाललाई लागुऔषध खैरो हेराइन १ ग्राम र डिजिटल तराजु थानसहित पक्राउ गरिएको हो। त्यस्तै थप अनुसन्धानको सिलसिलामा रोशन रिसालको साथबाट लागुऔषध खैरो हेराइन बिक्री गरेका मोरङ केराबारी गाउँपालिका ३ का ३५ वर्षीय अमित श्रेष्ठलाई काठमाडौं ३२ कोटेश्वरबाट लागुऔषध खैरो हेराइन ३८ ग्रामसहित पक्राउ गरी सार्वजनिक गरिएको छ।

त्यस्तै माघ २९ गते कामनपा ३२ कोटेश्वरस्थित एक होटलबाट भारतको बिहार राज्य मधुवनी जिल्ला जयनगर, हथलेटेवा ४ का भारतीय नागरिक ३२ वर्षीय श्रवणकुमार महरालाई लागुऔषध खैरो हेरोइन १२ ग्राम, डिजिटल तराजु १ थान र नगद ६ हजार रुपैयाँसहित पक्राउ गरिएको उनले बताए। उनले बरामद लागुऔषध एम्पुलको बजार मूल्य प्रतिएम्पुल १६८ रुपैयाँका दरले २० हजार ३ सय एक्पुलको ३४ लाख १० हजार ४ सय रहेको बताए।

त्यस्तै बरामद लागुऔषध नाइट्राभेट ट्याब्लेटको बजार मूल्य प्रतिट्याब्लेट ३० रुपैयाँका दरले १२ हजार ९ सय ५० ट्याब्लेटको ३ लाख ८८ हजार ५ सय रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर