जोमसोमबाट पोखरा जाँदै गरेको बस कालीगण्डकीमा खस्यो, १७ जना घाइते

मुस्ताङको जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन्।

मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो।

ना ७ ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रवीन्द्रनाथ पौडेलले जानकारी दिए। बस करिब ४५ मिटर तल खसेको हो।

बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको पौडेलको भनाइ छ।

गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ-३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पौडेलले जानकारी दिए।

दुर्घटनामा पर्नेहरू घुम्न गएका पर्यटक र स्थानीयहरू रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर