प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता, राष्ट्रपति चुनावबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच बिहीबार बिहान भेटवार्ता भएको हो।

दुई नेताहरूबीच राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनका दलहरूबीच देखिएको बेमेलका बारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिएपछि नेकपा (एमाले)लगायत सत्ता गठबन्धनका दलहरू रुष्ट रहँदै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर