भारतीय कम्पनीले माग्याे सेती नदी-६ परियोजनाको सर्वेक्षण अनुमति

भारत सरकारको लगानी रहेको एनएचपीसी लिमिटेडले ४५० मेगावाट क्षमताको सेती नदी-६ आयोजनाको सर्वेक्षण अनुमति माग गर्दै लगानी बोर्डमा निवेदन दिएको छ ।

लगानी बोर्ड र एनएचपीसीबीच गत भदौ २ गते पश्चिम सेती र सेती नदी-६ परियोजना निर्माणसम्बन्धी समझदारी भएको थियो ।

एनएचपीसीले यसअघि नै पश्चिम सेती जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति लिँदै प्रारम्भिक अध्ययन प्रतिवेदनसमेत बुझाइसकेको छ ।

सेती नदी-६ परियोजनाका विषयमा यसअघि अध्ययन गर्न लागेको विभिन्न लागत बुझाउँदै एनएचपीसीले सर्वेक्षण अनुमति माग गर्दै लगानी बोर्डमा निवेदन दिएको हो ।

एनएचपीसीले ७५० मेगावाट क्षमताको पश्चिम सेती परियोजनाका विषयमा वृहत अध्ययन गरिरहेको छ । बोर्डले सेती नदी-६ परियोजनाको सर्वेक्षण अनुमति दिएलगत्तै यस आयोजनाका विषयमा पनि अध्ययन अघि बढाउने छ ।

गत भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको समझदारीपत्रमा दुई वर्षभित्र अध्ययन सम्पन्न गर्दै दुबै परियोजना निर्माण अघि बढाउने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर