नक्कली सुन देखाएर ठगी गरेको आरोपमा ४ जना पक्राउ

नक्कली सुन देखाएर ठगी गरेको आरोपमा पर्साको वीरगञ्जमा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सर्लाहीको बरहथवा नगरपालिका-१० बस्ने ३१ वर्षीय रामवीर चौधरी, वडा नं. ६ बस्ने ४५ वर्षीय लालबाबु राय यादव, वडा नं.१८ बस्ने ३८ वर्षीय राकेश कुर्मी र वडा नं.१७ बस्ने २७ वर्षीय अवधेशकुमार राय रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले बिहीबार बिहानको राति २ वीरगञ्ज-१५ स्थित हिमालयन होटल अगाडि सडकखण्डमा बीआर३१पी ०६४९ नम्बरको सेतो स्करपियो गाडीमा बसेर सर्वसाधारणहरूलाई बिस्कुट आकारको १ किलो लेखिएको नक्कली सुन देखाएर ठगी गर्न खोजेका थिए।

बिना बिलको तथा नक्कली सुनजस्तो देखिने पहेँलो धातु देखाई बिक्री गर्न लागेको भन्ने सूचनाका आधारमा पर्सा जिल्ला प्रहरीका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सो नक्कली सुन र स्करपियोसहित पक्राउ गरेको हो।

बरामद नक्कली सुन वीरगञ्ज सुनचाँदी व्यवसायी संघ माईस्थानमा परीक्षण गर्दा उक्त वस्तु सुनको जलप भएको धातु भएको तर सुन नभएको खुलेको छ।

सुनचाँदी व्यवसायी संघको परीक्षण प्रतिवेदनअनुसार प्रहरीले चारै जनालाई ठगीसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान सुरु गरिएको जनाएको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *