कोरोना महामारीपछि पहिलो पटक तातोपानीको मितेरीपुलमा नेपाल-चीन सीमा सुरक्षा बैठक

कोरोना महामारीपछि पहिलो पटक सिन्धुपाल्चोकको तातोपानीस्थित नेपाल-चीन सीमाको मितेरीपुलमा दुई देशका सरकारी अधिकारीहरूको प्रत्यक्ष उपस्तिथिमा बैठक बसेको छ।

सिन्धुपाल्चोक जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सारका प्रमुख तथा चीनबाट न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन लगायतका अधिकारीहरूबीच बिहीबार बैठक बसेको हो।

कोरोना महामारी सुरु भएपछि बैठक भर्चुअल रूपमा बस्दै आएको थियो। संक्रमणको जोखिम घटेसँगै तीन वर्षपछि दुई देशका  अधिकारीहरूबीच बैठक बसेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए। उनका अनुसार बैठकमा सीमा नाकामा हुने अपराध नियन्त्रणलगायत समसामयिक विषयमा छलफल भएको छ।

कोरोनाको कारण देखाउँदै चिनियाँ पक्षले बारम्बार तातोपानी नाका बन्दै गर्दै अएको छ। हाल यो नाकाबाट आयात मात्रै भइरहेको छ। दुईतर्फी नै नाका सञ्चालनका लागि केन्द्रबाटै पहल आवश्यक पर्ने जिल्लाका डीएसपी रामकुमार यादवले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर