तीन पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’

नेपाली सेनाले राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ सम्पादक विष्णुप्रसाद नेपालसहित तीन जना पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ ।

सेनाको दुई सय ६०औँ स्थापना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले उनीहरूलाई उक्त पदक प्रदान गरेका हुन् ।

प्रधानसेनापति प्रशंसा पदक प्राप्त गर्नेमा प्रख्यात सञ्चारमाध्यम अल जजिरा सञ्चारमाध्यमका नेपाल प्रतिनिधि विष्णुप्रसाद घिमिरे (कल्पित) र पर्दाफास डटकम अनलाइनका संस्थापक दीपक खरेल छन् ।

पछिल्ला वर्ष सेनाले समाजको विभिन्न विधामा विशिष्ठ योगदान पुर्‍याउने महानुभावलाई सेना दिवसका अवसरमा प्रधानसेनापति प्रशंसा पदक प्रदान गर्दै आएको छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर