प्रेम विवाह गरेका नेपाली युवती र भारतीय युवकद्वारा सुरक्षा माग, अवस्था बुझ्न दिल्ली हाइकोर्टको आदेश

प्रहरी सुरक्षा माग्दै अदालत पुगेका नेपाली युवती र भारतीय युवकको अवस्थाबारे भारतको दिल्ली हाइकोर्टले प्रहरीसँग रिपोर्ट माग गरेको छ । आफ्नो परिवारको इच्छाविपरीत विवाह गरेपछि दुवै जनाले सुरक्षा माग्दै अदालत पुुगेको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ ।

अदालतमा दायर रिटमा उनीहरुले अन्तर्जातीय विवाह गरेको र सुरक्षाको चिन्ता रहेको उल्लेख छ । युवतीले आफ्नो सौतेनी बुबाले आफूलाई बेच्न सक्ने आशंका व्यक्त गरेकी छन् ।

न्यायाधीश योगेश खन्नाले शुक्रबार दिल्ली प्रहरीलाई उनीहरुको स्थिति रिपोर्ट गर्न आदेश दिएका हुन् । अदालतले हरियाणाको यमुनानगर बस्ने युवतीको आमाबुबाको नाममा नोटिस पनि जारी गरेको छ ।

उक्त रिटमा आगामी २० मार्चमा अर्को सुनुवाइ तोकिएको छ । अदालतको आदेशअनुसार युवतीका आमाबुबालाई व्यक्तिगत भेट्न र सुरक्षाको आशंका आकलन गर्न प्रहरीलाई निर्देशन दिइएको छ । रिटमा युवतीको उमेर २२ र पुरुषको २८ वर्ष भनिएको छ । यद्यपि, युवतीको उमेर १८ वर्षभन्दा कम हुनसक्ने राज्यको अतिरिक्त स्थायी वकिलले जनाएका छन् ।

दुवै जनाबीच एक वर्षअघि यमुनानगरमा भेट भएको थियो । युवक एउटा रेष्टुरेन्टमा काम गर्थे भने युवती आफ्नो बुबालाई मम बेच्न सघाउँथिन् । दुवै जनाबीच प्रेमपछि विवाह भए पनि परिवारले धम्की दिन थालेपछि अदालतमा रिट दायर गरेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर