सैनिक मुख्यालय जंगी अड्डामा रात्रिभोज

नेपाली सेना स्थापनाको २६० औं वार्षिक उत्सवका अवसरमा आइतबार सैनिक मुख्यालय जंगी अड्डामा रात्रिभोज आयोजना गरिएको छ।

राष्ट्रपति एवं नेपाली सेनाकी परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सांस्कृतिक कार्यक्रम तथा रात्रिभोजको आयोजना गरिएको हो।

सांस्कृतिक कार्यक्रममा नेपाली सेनाका सकलदर्जाले देशको विभिन्न संस्कृति तथा परम्परा झल्कने सांस्कृतिक प्रस्तुति गरेका थिए।

सो कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, कायममुकायम प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख, मन्त्रीहरू, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका सचिवहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, राजदुतहरू, पूर्वप्रधानसेनापतिहरू, भारतीय सेनाका पूर्वसेनाध्यक्षहरू, बहालवाला तथा अवकाशप्राप्त रथी तथा अधिकृतहरू, विभिन्न मुलुकका सैनिक सहचारीहरूलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर