अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ।

सोमबार दिउँसो सर्भरमा समस्या देखिँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको कार्यालयका सूचना अधिकारी गणेश आचार्यले बताए।

उनका अनुसार डेढ घण्टाभन्दा बढी समयदेखि सर्भरमा समस्या भइरहेको हो र समाधानका लागि प्राविधिक टोली बोलाइएको छ।

पछिल्लो केही समययता अध्यागमनको सर्भरमा पटकपटक समस्या देखिँदा उडान प्रभावित भइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर