ड्युटीमा खटिएको प्रहरीलाई हातपात तथा गालीगलौज गरेको अभियोगमा पाँच जना पक्राउ

रौतहटको. गौर नगरपालिका-६ स्थित गौर बसपार्कमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा चपुर नगरपालिका-४ बस्ने २० वर्षीय सुदर्शन साहलगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरीले पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त बसपार्कमा छरिएर रहेका सवारी साधनहरू व्यवस्थापन गर्ने क्रममा ग.१ ख ६१०७ नम्बरको बसको कन्डक्टर साहले प्रहरीमाथि अपशब्द प्रयोग गरी गालीगलौज गरेकाले नियन्त्रणमा लिएको विषयलाई लिएर अन्य व्यक्तिहरूले प्रहरीमाथि गालीगलौज, हातपात तथा कुटपिट गरेपछि थप ४ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर