महानगरभित्रका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति छ : उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छन्।

मंगलबार ग्रिल तथा स्टील व्यवसायी संघ काठमाडौंको सातौं वार्षिक साधरण सभामा बोल्दै उपमेयर डंगोलले यस्तो बताएकी हुन्। उनले महानगरले व्यवसायलाई प्रोत्साहन गर्नका लागि व्यवसायीहरूले आफ्नो व्यवसाय व्यवस्थित बनाउन जरुरी रहेको बताइन्।

उनले महानगरभित्र व्यापार व्यवसाय गर्ने धेरैले अनौपचारिक रूपमा गरिरहेको भन्दै औपचारिक दायरामा आउनका लागि व्यवसाय दर्ता गर्न आग्रह गरिन्। उपमेयर डंगोलले व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको भन्दै करको दायरामा आउँदा दायरा फराकिलो बनाएर घटाउन सजिलो हुने बताइन्।

व्यवसाय औपचारिक रूपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिनु रहेको बताइन्। उनले दर्ता नभएका व्यवसायीहरूको माग सम्बोधन गर्न महानगर अन्योलमा रहेको स्वीकार गरिन्।

डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको ५ हजार बढी रहेको पाइएको पनि बताइन् । उनले व्यवसायलाई व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा नीति तथा कार्यक्रम फेल हुने गरेको उल्लेख गरिन् ।

त्यस्तै ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले अत्याश्यक सेवा दिँदै आए पनि राज्य र उपभोक्ताबाट उपेक्षित भएको बताए। उनले राज्य र उपभोक्ताबाट उपेक्षित हुनुको प्रमुख कारण सरकारको अदूरदर्शी नीति भएको दाबी गरे। उनले ग्रिल तथा स्टील व्यवसायीहरू आफैंले स्टील व्यवसायलाई उचित सम्मान दिन नसकेको बताए।

उनले नेतृत्व तहमा रहेका उद्योगी व्यवसायीहरूले अनुशासन पालना गर्न आवश्यक रहेको बताए। उनले अनुशासन नै विकासको मूल जड भएको उल्लेख गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर