ललितपुरलाई हरियाली शहर बनाउन काम भइरहेको छ : चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई हरियाली शहर बनाउने योजनाअनुसार काम भइरहेको बताएका छन् । बुधवार ललितपुरमा नेपाल स्काउट वागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रमुख महर्जनले आगामी आर्थिक वर्षदेखि महानगरपालिकाको नेपाल स्काउटको शाखासँग समन्वय र सहकार्य गरी हरियाली शहर बनाउने र ललितपुर महानगरपालिकालाई सुरक्षित शहर बनाउने कुरामा लाग्ने प्रतिवद्धता जनाए । उनले महाकांल, वागमती गाउँपालिकाहरुमा पनि महानगरको सहयोगमा स्काउटका कार्यक्रमहरु पु¥याउन प्रतिवद्ध रहने बताए।

प्रमुख महर्जनले ललिपुर महानगरपालिकालाई हरियाली शहर बनाउनका लागि योजना र कार्यक्रम बनाइ काम पनि शुरु गरिसकेको बताए । उनले सप्तापातल पोखरीसँग जोडिएको ३२ रोपनी जग्गा नेपाली सेनासँग फिर्ता लिए त्यहाँबाट हरियाली ललितपुरको काम शुरु गरेको बताए।

स्काउट प्रवर्तक लर्ड वेडेज पावेल् तथा लेडी वेडेन पावेलको जन्मोत्सव एवं यु फाउण्ड थिंकिङ डेको अवसरमा नेपाल स्काउट वागती प्रदेशले सो कार्यक्रम गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर