राष्ट्रपति देशको अनुहार हो, सहमति कायम गरौं : मन्त्री खान

खानेपानीमन्त्री अब्दुल खानले आफूहरू राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा रहेको बताएका छन् ।

शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै जनमत पार्टीको वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री खानले आफ्नो पार्टी राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका हुन् ।

उनले राष्ट्रपति देशको अनुहार भएको भन्दै त्यसमा विवाद गर्न नहुने बताए । राष्ट्रपतिमा सहमति गर्नुपर्नेमा आफूहरूको जोड रहेको उनको भनाइ छ ।

मन्त्री खानले राष्ट्रपति निर्वाचनको सन्दर्भमा ठूला राजनीतिक दलहरूले आफूहरूसँग कुनै छलफल नगरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर