२० सञ्चारकर्मीलाई सेनाकाे अभिमुखीकरण

नेपाली सेनाले रक्षा क्षेत्रमा क्रियाशिल मिडियाकर्मीहरूलाई नेपाली सेनाबारे जानकारीका लागि अभिमुखकीकरण दिन सरु गरेको छ।

आफ्नो संगठनबारे जानकारी दिँदै सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्ने उद्देश्यले सेनाले विभिन्न सञ्चारमाध्यमका २० जना संवाददाताहरूलाई सहभागी गराई सुदूरपश्चिम पृतना हेडक्वार्टरमा आइतबारदेख ६ दिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (डीसीओपी)’ सुरु गरेको हो।

सुदूर पश्चिम पृतना हेडक्वार्टरको जिम्मेवारी क्षेत्रअन्तर्गत रहेर कार्यरत संवाददाताहरू सहभागी उक्त कार्यक्रम पृतनापति उपरथी विजय थापाले शुभारम्भ गरेका हुन्।

कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतका साथै रक्षा मन्त्रालयका अधिकृतको उपस्थिथि रहेको थियो।

उक्त अभिमुखीकरण कार्यक्रममा संवाददाताहरूलाई नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूको बारेमा प्रस्तुतीकरण तथा अन्तर्क्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गर्नुका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका इलाकाहरूको भ्रमण गराउने योजना रहेको सेनाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर