स्रोत नखुलेको साढे ७ लाख भारतीय रुपैयाँसहित विराटनगरमा तीन जना पक्राउ

मोरङको विराटनगर महानगरपालिका-९ चुलाचुली मार्गबाट स्रोत नखुलेको १ लाख ८३ हजार ७ सय ५० भारतीय रुपैयाँसहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका-७ का २६ वर्षीय रमेश कुमार मण्डल, २२ वर्षीय धर्मेन्द्रकुमार मण्डल र कटहरी गाउँपालिका- ३ का ३० वर्षीय नबि हुसेन रहेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *