घुससहित महोत्तरी मालपोतका नासु पक्राउ

घस लिएको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पण्डित र श्रीसुभाष भू–सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी सुभाष चन्द्रलाल कर्ण पक्राउ पक्राउ परेका छन्।

जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो।

सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुससहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको अख्तियारका केन्द्रीय प्रवक्ता भोला दाहालले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *