त्रिभुवन विमानस्थल महाप्रबन्धकमा प्रतापबाबु तिवारी, गौतमबुद्धमा हंशराज पाण्डे

सरकारले दुई अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धक तोकेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीलाई जिम्मेवारी दिइएको हो। तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा परेपछि यो पद खाली थियो ।

साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी हंशराज पाण्डेलाई दिइएको छ।

तिवारी यसअघि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा उपमहानिर्देशक थिए। हंशराज भने यसअघि एभिएशन सर्भिसेज निर्देशनालयमा उपमहानिर्देशक थिए।

उनीहरूलाई शुक्रबार सरकारले उक्त जिम्मेवारी दिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर