ए डिभिजन लिग : सातदोबाटोको विजयी सुरुवात

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लव र संकटा क्लवले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार सम्पन्न खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।

खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुके । खेल बराबरीमा रोकिएसँगै दुवै टोलीले पहिलो खेलमा १–१ अंक बाँडेका छन् । त्यस्तै आज नै च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लवले जत हासिल गरेको छ । सातदोबटोले न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराउँदै जित हासिल गरेको हो । सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गरे ।

एनआरटीका निकोलस सङले एक गोल फर्काए । खेलको ४५ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए । ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए । जितसँगै सातदोबाटोले पहिलो खेलबाट ३ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर