खोटाङमा बोलेरो दुर्घटना, चालक र सहचालक घाइते

खोटाङमा बोलेरो जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन्।

दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्माबाट सोही गाउँपालिका-५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमीबजार जाँदै गरेको को१ ज३४७५ नम्बरको बोलेरो जीप मंगलबार बिहान करिब ९:३० बजे सप्तेश्वर छितापोखरीको डाँडाखर्कमा दुर्घटना भएको हो। सडकबाट केही तल खसेको जीप पल्टिएर रुखमा अल्झिएको छ।

दुर्घटनामा जीपका चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक रोमन अर्यालले जानकारी दिए। उनका अनुसार चालकको अवस्था मध्यम र सहचालकको सामान्य छ। चालकलाई उपचारका लागि उदयपुर सदरमुकाम गाईघाट लगिएको छ।

घाइतेहरूको परिचय र दुर्घटना सम्बन्धमा थप बुझ्ने काम भइरहेको उनले बताए।

नेपाली कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सभापति अमृत गिरीले सामाजिक सञ्जाल फेसबुकमा दुर्घटनाको तस्बिर शेयर गरी दुःख व्यक्त गर्दै जीप चालक विदूर कार्की घाइते भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर