राष्ट्रपति निर्वाचन-२०७९

राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने नेमकिपाको निर्णय

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ। पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा एमालेको दृष्टिकोणमा तात्त्विक अन्तर नभएको निष्कर्ष निकाल्दै राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको सचिव प्रेम सुवालले जानकारी दिए।

यसअघि राप्रपाले पनि राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो।

नागरिकता विधेयक, भारतबाट अतिक्रमित भूमि फिर्ता लगायतका प्रतिबद्धता पनि कांग्रेस र एमालेले नगरेकाले राष्ट्रपतिको निर्वाचनमा पार्टी सहभागी नहुने निर्णय गरेको नेमकिपाका सचिव सुवालको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर