नेपालको इतिहासलाई लुकाउन खोजियो : ओली

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताएका छन्। नेक्सस इन्टरनेशनल एकेडेमीको भवन शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले नेपाल भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भए पनि त्यसलाई लुकाउन खोजिएको बताए। उनले नेपालीहरू बहादुर मात्रै नभई बुद्धिमानी पनि रहेको बताए। उनले नेपालका पुर्खाहरू जति विद्वान अन्य कतै नरहेको दाबीसमेत गरे।

उनले वेदव्यास, ऋषि विश्वामित्र, कपिलमुनी गौतम बुद्ध, पाणिनीको उदाहरण दिँदै उनीहरुको बारेमा नेपालीहरूलाई बुझाउन आवश्यक रहेको बताए। उनले नेपाल इतिहासमा पनि विद्वानहरूको भूमि भएको र भविष्यमा पनि विद्वानहरूको भूमि हुने बताए।

उनले नेपाल ज्ञानको उत्पत्ति बिन्दु भए पनि पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा पारिएको बताए। अध्यक्ष ओलीले नेपालजस्तो पवित्र भूमि र ज्ञानको प्रारम्भ भएकाले नेपाल ऐतिहासिक भूमि भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर