रक्सी पिएर अर्धनग्न सवारी चेकजाँच गर्ने प्रहरी जवान निलम्बित

सप्तरीको राजविराजमा दिउँसै मदिरा सेवन गरेर सवारी चेकजाँच गर्ने प्रहरी जवान निलम्बित भएका छन्। शुत्रलबार मदिराले मातेर सडकमा सवारी साधन चेकजाँच गरेका प्रहरी जवान सञ्जीवकुमार राय निलम्बनमा परेका हुन्।

मदिरा सेवन गरेर सवारी चेकजाँच गर्न थालेपछि प्रहरी जवान रायसँग स्थानीयले प्रतिवाद गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान रायले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि सेवारी चेकजाँचको क्रममा विवाद गरेको र अर्धनग्न भई सडकमा दौडिरहेको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

सो घटनापश्चात् प्रहरी जवान रायलाई निलम्बन गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए।

उनका अनुसार प्रहरी जवानसहित विवाद र दुर्व्यवहार गर्ने घटनामा संलग्न ६ जना व्यक्तिलाई समेत पक्राउ गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर