सिन्धुली बस दुर्घटना अपडेट : मृतक ६ जनाकै सनाखत

सिन्धुलीमा आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका सबैकाे परिचय खुलेको छ। दुर्घटनामा बसका सहचालकसहित ६ जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा बसका सहचालक ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की, सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय पेशल भुजेल, सोही स्थानकी ३२ वर्षीया जोशना राई, चिशंखुगढी गाउँपालिका–५ की २६ वर्षीया राधा भुजेल र उदयपुरको कटारी नगरपालिका–२ की ३५ वर्षीया कुमारी मगर रहेका छन्।

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा२ ख६५९६ नम्बरको बस सिन्धुलीको फिक्कल गाउँपालिका–४, कुइभिरमा बिहान ९ः१५ बजे दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित ३० जना घाइते भएका छन्। घाइते चालकसहित १७ जनालाई उपचारका लागि काठमाडौं पठाइएको र अन्य १३ जनाको खुर्कोटस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको डीएसपी दाहालले जानकारी दिए। बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर