कालोमसो दस्ताका संयोजकलाई पक्राउ गरेर सरकारले अराजकता देखयाे : दुर्गा प्रसाईं

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो अभियानको युवा दस्ता कालोमसो दस्ताका संयोजकलाई पक्रेर सरकारले संविधानप्रदत्त अधिकार हनन् गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक प्रसाईंले सरकारले आफ्नो अभियानको युवा दस्ता कालोमसो दस्ताका संयोजक शम्भु थापालाई पक्रेर सरकारले अराजकता देखाएको बताएका हुन् । थापा रिहा भने भइसकेका छन् ।

उनले अन्य राजनीतिक दलका युवा संगठनहरु भएजस्तै आफूहरुको युवा संगठनको रुपमा कालोमोसो दस्ता बनाएको भएपनि दस्ताले हालसम्म कसैलाई कालोमसो नदलेको भएपनि सरकारले पक्राउ गरेर व्यक्तिको संविधानप्रदत्त अधिकारमाथि हनन् गरेको बताए ।

उनले बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजका विरुद्ध आफूहरुले आवाज उठाइरहेको र आन्दोलन गरिरहेको स्पष्ट पारे । उनले बैंक र लघुवित्तका कारण लाखौँ नेपाली सुकुम्वासी हुने अवस्था आएको भन्दै बैंक र लघुवित्तका विरुद्धमा गाउँ गाउँबाट आन्दोलनमा उत्रिन आह्वान गरे ।

उनले आफूहरु सर्वहारा वर्गको बिरुद्धमा आन्दोलनमा उत्रिएको स्पष्ट पारे । उनले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको भन्दै चर्को ब्याजदरमा ऋण तिर्न सक्नेहरुलाई तिर्न पनि आग्रह गरे ।

तिर्न नसक्नेहरुका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने बताए । उनले लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिनुपर्ने पनि बताए ।

प्रसाईंले बैंक तथा लघुवित्तविरुद्धको आफूहरुको आन्दोलन जारी रहेको बताए । उनले निरन्तर रुपमा देशभर विभिन्न आन्दोलनको कार्यक्रमहरु गरिने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर