एनएमबी बैंकको मर्चेन्ट क्यूआरमा एक हजार रुपैयाँ बोनस

विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबी बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्यूआर मा रु. १००० बोनस’ अफर ल्याएको छ।

बैंकमा खाता खोलिसकेका मर्चेन्टहरू तथा नयाँ मर्चेन्टहरूले एक हजार रुपैयाँभन्दा माथिको क्यूआरमार्फत पहिलो भुक्तानी लिँदा एक हजार रुपैयाँको बोनस जित्ने मौका पाउने बैंकले जनाएको छ।

बैंकका अनुसार यो योजना फागुन १५ देखि सुरु भएको छ र सो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबी बैंकमा करेन्ट अकाउन्ट हुन जरुरी छ।

बैंकले हाल देशभरि २०१ शाखाहरू, १३८ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गदै आइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर