सैनिक वार कलेजमा हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु

नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सि.सं.११ हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ। तालिमको बुधबार बलाधिकृत रथी सरोजप्रताप राणाले उद्घाटन गरेका हुन्।

नेपाली सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति रहेको कार्यक्रममा शिक्षार्थी अधिकृतहरूलाई सम्बोधन गर्दै बलाधिकृत रथी राणाले तालिमले शिक्षार्थी अधिकृतहरूमा व्यावसायिक सैनिक शिक्षामार्फत पेशागत ज्ञान अभिवृद्धिसहित जटिल परिस्थितिहरूमा उचित एवं प्रभावकारी निर्णयहरू लिन सक्ने क्षमताको विकास गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले रणनीतिक तथा अपरेशनल तहका नेतृत्वकर्ता, योजनाकार, सल्लाहकार र भविष्यमुखी नेतृत्व उत्पादनमा यस तालिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे।

महिला १ र पुरुष ३२ जना गरी जम्मा ३३ जना महासेनानी दर्जाका अधिकृत शिक्षार्थीहरूको सहभागिता रहेको यस तालिम नेपाली सेनामा सैनिक अधिकृतका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको तालिम हो।

वि.सं. २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञचालन हुँदै आएको यस तालिमबाट हालसम्म महिला ९ जनासहित जम्मा २७२ जना अधिकृत प्रशिक्षित भइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर