राष्ट्रिय एकतालाई मजबुत बनाउन पहल गर्छु : उपराष्ट्रपति यादव

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन्।

शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए। उनले शान्ति प्रक्रियाका कामहरू निस्कर्षमा पुर्‍याउन बाँकी रहेको भन्दै त्यसलाई निस्कर्षमा पुर्‍याउनका लागि आफ्नोतर्फबाट प्रयास हुने बताए।

नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भूमिका खेल्ने जनता र सांसदहरूप्रति धन्यवाद प्रकट गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर