चन्द्र ढकालले दिए निफ्राको सञ्चालकबाट राजीनामा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का सञ्चालक समिति सदस्य चन्द्रप्रसाद ढकालले राजीनामा दिएका छन्। आईएमई समूहका अध्यक्षसमेत रहेका ढकालले कार्यव्यस्तताको कारण देखाएर निफ्राबाट राजीनामा दिएका हुन्।

आईएमई ग्रुपबाट निफ्राको प्रतिनिधि बनेका उनले मंगलबा र राजीनामापत्र बुझाएको र राजीनामा बुधबारदेखि लागू हुनेगरी बैंकले स्वीकृत गरेको जनाइएको छ।

‘आफ्नो कार्यव्यस्तता बढेको कारण समय अभाव भएकोले सञ्चालकको रूपमा रही कार्य गर्न असमर्थता जनाउँदै बैंकको सञ्चालक पदबाट दिनुभएको राजीनामा मिति २०७९–१२–७ गते बेलुका ५ बजे बसेको बैंक सञ्चालक समितिको १२३ औं बैठकले मिति २०७९–१२–८ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको व्यहोरा जानकारीको लागि अनुरोध छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

ढकालले राजीनामा दिएपछि अनुज अग्रवाल अध्यक्ष, श्रीकृष्ण नेपाल, लालमणि जोशी, शंकरप्रसाद अधिकारी, सुमन पोखरेल, लिमा अधिकारी आचार्य सदस्य रहने गरी सञ्चालक समिति पुनर्गठन गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर