‘वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्दा ठूलो राहत पुग्छ’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदा श्रमिक र तिनका परिवारहरूलाई ठूलो राहत पुग्ने बताएका छन्। बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाले आर्थिक रूपमा देशलाई चलायमान बनाउन ठूलो योगदान पुग्ने बताए। उनले वैदेशिक रोजगारदाताहरू कोषमा आबद्ध हुन पाउँदासमेत उनीहरूलाई राज्य भएको महसुस पुग्ने विश्वास व्यक्त गरे।

उनले वैदेशिक रोजगारमा रहेकाहरूले नेपालमा वार्षिक लगभग १ खर्ब रेमिट्यान्स पठाउने गरेको बताए। उनले विदेशमा श्रमिकहरूले रगत पसिना बगाएर कमाएर पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र चलायमान भएकाले सरकारले यस्ता योजना ल्याउनु स्वागतयोग्य रहेको बताए।

उनले रेमिट्यान्स आउँदा मात्र खुशी हुने सरकारले धेरैपछि वैदेशिक रोजगारदाताहरूका लागि अवश्यक रहेको सामाजिक सुरक्षाको दायित्व पूरा गरेको बताए। उनले श्रमिकहरूको सुरक्षाका लागि पहिलो सुरुवात भएको टिप्पणी गरे।

उनले सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदा श्रमिक र तिनका परिवारहरूको न्यूनतम सुरक्षाको प्रत्याभूति हुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर