आईजीपीहित नाै वरिष्ठ प्रहरी अधिकारी बिदा

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसहित ९ जना प्रहरी वरिष्ठ अधिकृतले शुक्रबार मध्यरातिबाट अवकाश पाएका छन्।

अवकाश पाएका वरिष्ठ प्रहरी अधिकारीहरूलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा बिदा गरिएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसहित उनका ब्याचका ९ वरिष्ठ अधिकारीले ३० वर्षे सेवा हदका कारण अवकाश पाएका हुन्।

आईजीपी सिंहसँगै एआईजी सहकुलबहादुर थापा, उत्तमराज सवेदी र दिवेश लोहोनी अवकाशमा गएका छन्। त्यस्तै, डीआईजी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाशमा गएका छन्।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी) उमाशंकर पञ्जियार र जनकराज पाण्डे पनि शुक्रबारबाट अवकाशमा जानेछन्। आईजीपी सिंहको टोली २०४९ चैतमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेको थियो।

३० वर्षे सेवा अवधिका कारण महानिरीक्षक सिंहले एक वर्ष मात्रै प्रहरीको नेतृत्व गर्न पाए। उनले कार्यकालको अन्तिममा सरकाले नै सेवा अवधि हटाउने प्रयास गरे पनि सफल भएन।

तीन दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यमध्ये वसन्त कुँवर आईजीपी बनेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर