नेपाल-अमेरिका द्विपक्षीय सैन्य छलफल आयोजना हुँदै

नेपाली सेना र अमेरिकी सेनाबीच द्विपक्षीय छलफल आयोजना हुने भएको छ।

यही चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौंमा ‘द्विपक्षीय सैन्य छलफल’ आयोजना हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सन् २०१८ देखि हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको यस किसिमको कार्यक्रम प्रत्येक वर्ष एकअर्को मुलुकमा आलोपालो आयोजना हुने गरेको छ। गत वर्ष यो कार्यक्रम संयुक्त राज्य अमेरिकाको हवाईमा भएको थियो।

यसपटकको छलफल शान्तिसुरक्षा, मानवीय सहायता र प्रकोप राहत (एचएडीआर) तालिम र विषय विज्ञ आदानप्रदान गरी चार विषयमा केन्द्रित रहने नेपाली सेनाले जनाएको छ।

सम्बन्धित सम्पूर्ण निकायहरूसँग आवश्यक समन्वय र तयारी पूरा भइसकेको यसपटकको कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव/उपसचिवहरूका साथै नेपाली सेनाका रथी एवं अधिकृतहरू समेटिएको १४ सदस्यीय टोली सहभागी हुनेछ।

अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपकमाण्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमाण्डमा २२ सदस्यीय टोली सहभागी हुने कार्यक्रममा नेपाली टोलीको नेतृत्व उपरथी अशोक राज सिग्देलले गर्नेछन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर