फौजदारी न्यायको सिद्धान्तअन्तर्गत संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सकिन्न : शक्ति बस्नेत

फौजदारी न्यायको सिद्धान्तअन्तर्गत रहेर संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने कुरा कल्पना पनि गर्न नसकिने सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले बताएका छन्।

उपमहासचिव बस्नेतले विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान र नेपालको संविधानले संक्रमणकालीन न्यायको सिद्धान्तअन्तर्गत मात्रै सो समस्याको समाधान गर्न सकिने विशिष्ट व्यवस्था गरेको र सरकारले सोही व्यवस्थाअनुसार त्यो समस्याको समाधान हुने गरी कानून निर्माण गर्न चाहेको पनि स्पष्ट पारे।

आइतबार प्रतिनिधि सभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै उनले पीडितलाई न्याय दिने, परिपूरणको व्यवस्था गर्ने र फेरि मुलुकमा द्वन्द्व आउन नदिने गरी संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सरकार अघि बढिरहेको पनि बताए।

विधेयकमा शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा नगर्ने कुरा कहीँ पनि नगरेकाले सबै राजनीतिक पार्टीहरूले त्यसलाई छिटो पारित गर्नुपर्ने उपमहासचिव बस्नेतले बताए।

उपमहासचिव बस्नेतले संक्रमणकालीन न्यायको सिद्धान्तअन्तर्गत नै संक्रमणकालीन न्याय दिनु नेपालको संविधान र विस्तृत शान्ति सम्झौताबमोजिम हुने दाबीसमेत गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर